Back To Top

April 15, 2026

मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स

Global Ime Bank AD
Insourance

काठमाडौँ । गत आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई निम्त्याइयो ।

कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीलाई खाजाको प्याकेट वितरण गरियो । मन्त्री चौधरीलाई पनि खाजा उपलब्ध गराइयो तर जब मन्त्री चौधरीको खाजाको प्याकेट खोल्दा मन्त्री नै चकित परिन । नजिकै बबरमहलमा रहेको बागमती स्विट्स प्रालिबाट खरिद गरी ल्याइएको थियो खाजाका प्याकेट । मन्त्री चौधरीकै प्याकेटमा रहेको ड्राइफ्रुट्समा किरा भेटियो ।

मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सो मिठाई पसलमा अनुगमन गर्न निर्देशन दिइन । खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त टोलीले विशेष अनुगमन ग¥यो । अनुगमनका क्रममा उक्त स्विट्स प्रालिले मिठाई उत्पादन गर्दा लापर्बाही गरेको पाइएपछि उत्पादन र बिक्रीवितरणमा तत्कालका लागि रोक लगाएको छ ।

विभागका अनुसार अनुगमनका क्रममा बागमती स्विट्सको तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइको अवस्था सन्तोषजनक नपाइएको र कीट नियन्त्रणको व्यवस्थापन पनि फितलो रहेको पाइएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २0८१ बमोजिम विभागले अर्को आदेश नभएसम्मका लागि उक्त कारखाना उत्पादनबाट हुने सम्पूर्ण उत्पादन र बिक्रीवितरण रोक लगाएको छ ।

अनुगमन टोलीले बजार पठाउन प्याकिङ गरेका प्याकेटमा किरा फेला परेको ठुलो परिणामको बदाम जफत गरी नष्ट गरेको जनाएको छ । विभागको अनुगमन टोलीले बागमती स्विट्सलाई आफ्ना सबै कैफियत सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।

United long banner ad
Prev Post

एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

post-bars

Leave a Comment