Back To Top

September 11, 2026

चिलिमेकाे सुरुङमा कुलमान घिसिङ

Global Ime Bank AD
कुलमान घिसिङ
चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्यमा सहभागी भएको छु।उक्त विद्युतगृहको प्रवर्धक चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वय एवम् सहजीकरण गरिरहेको छु।विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो सहितको वालुवा ढुंगा हटाउने कार्य तीव्र रूपमा भइरहेको छ।
उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ।
अब विद्युतगृह पुग्न करिब १०० मिटर बाँकी रहेको जानकारी छ। यो अवस्थामा प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले हामी सबैमा नयाँ आशा जगाएको छ। साथै स्याफ्रुवेसीतिरबाट स्केभेटरले सुरुङसम्म बाटो बनाउने काम तिब्र रूपमा अगाडी बढेको छ ।
आजसम्ममा सुरुङमा स्कोभेटर पुग्ने सम्भावना रहेको छ । स्केभेटर र लोडर पुगेपछि उद्दार कार्यमा तिब्रता आउनेछ । उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ।
यस कठिन र संवेदनशील घडीमा अहोरात्र उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।
उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल होस्। सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस्।

United long banner ad
Prev Post

उद्धार कोषमा सानिमा हाइड्रोको ५१ लाख

post-bars

Leave a Comment