Back To Top

September 7, 2026

प्राधिकरण कार्यालयमा मौनधारण र दीप प्रज्वलन

Global Ime Bank AD
Insourance

काठमाडौं : नेपाल-चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइएको दिन नेपाल विद्युत् प्राधिकरणका सम्पूर्ण कार्यालयमा मौनधारण तथा दीप प्रज्वलन गरिएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ १८ गतेको बैठकले उक्त बाढीका कारण मृत्यु भएका व्यक्तिको सम्मानस्वरूप घटनाको तेह्रौँ दिनको पुण्यतिथिका दिन भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणले आफ्ना सम्पूर्ण कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरेको हो।

प्राधिकरणले यसअघि सूचना जारी गर्दै प्रधान कार्यालयसहित सम्पूर्ण कार्यालयलाई सोमबार अपराह्न ५ः१० बजे मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण, दीप प्रज्वलन तथा मृत आत्माको चिरशान्तिको कामना गर्न निर्देशन दिएको थियो। साथै, सबै कर्मचारीलाई कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरिएको थियो।

प्राधिकरणले सार्वजनिक गरेको जानकारीअनुसार प्रधान कार्यालयलगायत विभिन्न कार्यालयमा मृतकको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण र दीप प्रज्वलन गरिएको हो। रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीले मानवीय क्षतिसँगै जलविद्युत् तथा विद्युत् पूर्वाधारमा समेत ठूलो असर पुर्‍याएको थियो। उद्धार, राहत र प्रभावित क्षेत्रको पुनःस्थापनाका प्रयास जारी रहेकै बेला सरकारले घटनाको तेह्रौँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

नेपाल विद्युत् प्राधिकरणले पनि राष्ट्रिय शोक दिवसका अवसरमा देशभर रहेका आफ्ना कार्यालयमा एकैसाथ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी बाढीमा ज्यान गुमाएकाको सम्झना गरेको हो।

United long banner ad
Prev Post

टनेलमा फसेका र सम्पर्कविहीनको खोजी निरन्तर

Next Post

१४ अैा दिनमा यसरी नरन्तर छ सुरुङ उद्दार

post-bars

Leave a Comment