Back To Top

April 16, 2026

डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्यवृद्धि

Global Ime Bank AD
Insourance

काठमाडौं : नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगमले आज मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको हो। नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।

परिवर्तित मूल्यअनुसार डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्दा पनि घाटा कायमै रहेको छ।

निगमले सार्वजनिक गरेको विवरणअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा भइरहेको छ। पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएको निगमले जनाएको छ।

United long banner ad
Prev Post

मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स

Next Post

राष्ट्रिय आर्थिक गणनाको तथ्यांक संकलन सुरु

post-bars

Leave a Comment