आफ्नै उद्यममा आँखा डुलाउँदै चन्द्र ढकाल
काठमाडौ । लामो समय नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा सकृय रहेका महासंघका पूर्व अध्यक्ष चन्द््र प्रसाद ढकाल अहिले आफ्ना विभिन्न कम्पनीमार्पmत लगानी भएका उद्योगको वस्तुस्थिति बुझन स्थलगत निरिक्षणमा निस्कन लागेका छ्न । नीति निर्माणको लबिङ, उद्यामीका समस्याको निराकरणमा पहल, तथा राष्ट्रिय अन्तर राष्ट्रिय सम्बन्ध सुधार जस्ता समूहिकजस्ता नेतृत्वदायी भूमिकामा दशकजति योगदान गर्दै उनी अहिले आफ्ना लगानीका अवस्था नियाल्दै छन ।
महासंघको अध्यक्ष कार्यकाल पुरा गरेलगत्तै उनी कर्णालीमा केबलकारदेखि म्याग्दीको मिस्त्रीखोला जलविद्युत् आयोजना जस्ता दर्जनौ परियोजनाको स्थलगत अध्ययनमा उनी लागेका छन् ।
आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी राष्ट्रमध्ये एक भए पनि यसको उपयोग अझ प्रभावकारी रूपमा स्थापित गर्न आवश्यक रहेकाे औंल्याएका छन् । उनका अनुसार करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सैद्धान्तिक सम्भावना रहेको नेपालमा आर्थिक तथा प्राविधिक रूपमा ठूलो हिस्सा उपयोग गर्न सकिने अवस्था छ। यसै सम्भावनालाई राष्ट्रको समृद्धिसँग जोड्ने उद्देश्यले आइएमई ग्रुपले ऊर्जा क्षेत्रमा निरन्तर लगानी गर्दै आएको उनले बताए ।
अनुसार समूहले यसअघि लमजुङ जिल्लामा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना र म्याग्दी जिल्लामा ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरी व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । ती आयोजनाहरूले राष्ट्रिय विद्युत प्रणालीमा स्वच्छ ऊर्जा थप्नुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको उनले उल्लेख गरे।
त्यसैगरी, समूहले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ६६ मेगावाट क्षमताको तिप्लाङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको छ। उक्त आयोजना केवल ऊर्जा उत्पादनमा सीमित नभई क्षेत्रीय सामाजिक–आर्थिक रूपान्तरणको आधार बन्ने विश्वास लिइएको छ। आयोजनाले स्थानीय रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकास, व्यवसायिक गतिविधि विस्तार तथा समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
अध्यक्ष ढकालले जलविद्युतलाई नेपालको विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै ऊर्जा बिना औद्योगिक विकास, कृषि आधुनिकीकरण, डिजिटल सेवा विस्तार र समग्र आर्थिक वृद्धि सम्भव नहुने बताए। पर्याप्त र भरपर्दो विद्युत आपूर्तिले मात्र तीव्र आर्थिक विकास सम्भव हुने उनको भनाइ छ।
उनका अनुसार नेपाल ऊर्जा आत्मनिर्भरताको दिशामा अघि बढिरहेको छ र आगामी दिनमा जलविद्युत उत्पादन वृद्धि गर्दै राष्ट्रिय प्रसारण प्रणाली सुदृढ बनाउने तथा छिमेकी मुलुकहरूमा विद्युत निर्यात गर्ने ठूलो सम्भावना रहेको छ। यसबाट विदेशी मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण तथा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
आइएमई ग्रुपले स्वच्छ ऊर्जा, दिगो विकास, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमार्फत समुन्नत नेपाल निर्माणमा आफ्नो योगदानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।