Back To Top

June 23, 2026

अदालतको कठघरामा उभ्याइयो विष्णु पौडेललाई

Global Ime Bank AD
Insourance

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो।

सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज काठमाडौं ल्याइपुर्‍याइएको हो ।अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्दै पौडेलपक्षका वकिलहरूले बहसको तयारी गरेका छन् ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ

उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनकाे निवासमा पनि छापा मारेको थियो । उनलाई म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो ।

United long banner ad
Prev Post

जावलाखेलमा रहेको चिडियाखाना बन्द

Next Post

बाघ व्यवस्थापनका लागि देवनगरमा ‘टाइगर सेन्चुरी’

post-bars

Leave a Comment