राष्ट्रसंघमा बालेनः विश्वव्यापी विभेदबारे ओझपूर्ण अभिव्यक्ति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन्। राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले विश्वसामु गम्भिर प्रस्न हरु गरेका हुन् ।
शाहले नेपालले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । ”नेपालमा विपद्का कारण १४ सय बढी ज्यान गुमाएको छन् । यो विपद्लाई नेपाल भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन,” उनले भने,”तर नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहान्छ,” उनले भने ।
उनले हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए । हिमालय क्षेत्रमा भू-उपग्रहण सूचना, र विज्ञता साझा गर्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री शाहले विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन्। विकसित देशहरुको यो शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। ‘अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद ७२ घण्टाभित्र तोकिएको समयमा विश्वको जुनसुकै ठाउँमा पुग्ने संयन्त्र बनाउने विश्व नेपालका किसानका लागि मल र इन्धन अपूर्तिमा भने कमजोर छ’, बालेनले राष्ट्रसंघ महासभामा भने, ‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग प्रणाली भएको संसार बनाएका छोँ।’
भुक्तानी गर्नसक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने उनले बताए। सम्बोधनमा उनले मुख्य ४ कुरा उल्लेख गरेका थिए। विकास र लोकतन्त्र उनको सम्बोधनमा परेका छन्।’म यहाँ विकास, लोकतन्त्र, शान्ति र युवा देशको आशाका बारेमा कुरा गर्न उपस्थित छु’, उनले भने।
राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत उनले सम्बोधन गरेका हुन्। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।