Back To Top

September 22, 2026

बिजुलीमा भ्याटमा उर्जा र अर्थमन्त्रीकाे जुँगा लडाइ

Global Ime Bank AD
Insourance

काठमाडौं ।

बिजुलीमा लगाइएकाे भ्याट हटाउने बिषयमा उर्जा मन्त्री र अर्थमन्त्री बीच विराेधाभाश देखिएकाे छ । साेमबार दिउसाे उर्जा मन्त्रीकाे सचिवालय सदस्यले याे विषयमा अइतबार दुइ मन्त्रीबीच शैद्दान्तिक सहमति भएकाे प्रचार गराएका थिए । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र वाग्लेबीच बिजुलीमा भ्याट फिर्ता लिने कुनै सहमति नभएको बताएको छ । अर्थमन्त्री डा. वाग्लेका स्वकीय उपसचिव नवीन ढुंगानाले चालू अर्थिक वर्षदेखि बिजुलीमा लगाइएको भ्याट फिर्ता लिने कुनै कुराकानी वा सहमति नभएको बताए ।

ढुंगानाले भने, ‘म हिजो दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म मन्त्रीज्यूसँगै छु। अर्थमन्त्रीज्यू र ऊर्जामन्त्रीज्यूबीच यसबारे कुरा  भएको मलाई थाहा छैन ।’ यस विषयमा अर्थसचिव डा. घनश्याम उपाध्यायसँग जानकारी लिँदा उनले पनि आफूकहाँ यसबारे कुनै जानकारी आइनपुगेको बताए ।सोमबार मध्याह्नमा सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लगाएको भ्याट दुई महिनामै हटाउने तयारी गरेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएको थियो । ऊर्जा मन्त्रालय स्रोतले श्रेष्ठ र वाग्लेबीच आइतबार भएको छलफलमा यसबारे सैद्धान्तिक सहमति जुटेको बताएको थियो । उर्जा सचिवालयले त प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा अध्यक्ष रबि लामिछानेले उर्जा मन्त्रीकाे आग्रहमा अर्थमन्त्रीलाइ याे विषयमा सहमत गराएकाे दाबी गरेकाे थियाे ।

तर, अर्थमन्त्री वाग्लेको सचिवालयले भने कुनै सहमति नजुटेको बताएको छ । बजेटमार्फत ५० युनिटभन्दा माथि बिजुली खपत गर्ने गार्हस्थ्य ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक ग्राहकका लागि १३ प्रतिशत भ्याट तोकिएको थियो । तर, यसको चौतर्फी विरोध भइरहेको छ । यसरी भ्याट लागु गर्दा मासिक १ अर्बभन्दा धेरै राजस्व प्राप्त हुने थियेा ।

United long banner ad
Prev Post

संयुक्त राष्ट्र संघको महासभामा बाेल्न बालेनलाइ १४ मिनेट

post-bars

Leave a Comment