Back To Top

July 27, 2026

बिजुलीको भ्याट साउनदेखिकाे खपतमा मात्र

Global Ime Bank AD
Insourance

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले साउन लागेदेखि भएको विद्युत् खपतमा मात्र मूल्य अभिवृद्धि कर (भ्याट) लिन पाउने भएको छ । प्राधिकरणले गत असार वा पहिलेकै खपतको विल साउनमा असुल गर्दा भ्याटसमेत जोडेपछि उपभोक्ताले विरोध गरेका थिए ।

आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा भ्याट लागु हुने उल्लेख छ । प्राधिकरणले विद्युत्को बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको थियो । साथै, न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लाग्ने वा नलाग्ने विषयमा समेत विभागको धारणा मागिएको थियो । आन्तरिक राजस्व विभागले यस विषयमा प्रष्ट पार्दै साउनदेखि भएको खपतमा मात्र यस्तो कर लागु हुने स्पस्ट पारेको छ ।
“कुनै उपभोक्ताले ०८३ असार ३२ गते सम्मको विद्युत् खपत वापतको बिलिङ साउन वा त्यो भन्दापछि भएता पनि सो अवधिको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धिकर छुट हुने भएकाले मूल्य अभिवृद्धि कर आकृर्षित हुने देखिँदैन,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
विभागले जारी गरेको सूचना अनुसार न्युनतम डिमाण्ड चार्जमा पनि भ्याट लाग्ने उल्लेख छ । सूचनामा ‘प्राधिकरणले लिने स्वीकृत ट्यारिफ अनुसार विद्युत् खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्ज असुल गर्ने रकम समेत विद्युत् सेवा वापत नै भएकाले ०८३ साउन १ गतेदेखि भएको विद्युत् शक्ति खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्जमा पनि मूल्य अभिवृद्धि कर आकृषित हुने हुँदा द्धिविधामा नरहन सम्बन्धित सवैमा जानकारी गराइन्छ‘ भन्ने उल्लेख छ ।
प्राधिकरणले यस अगि जारी गरेको सूचनामा आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिने जनाएको थियो । यसअनुसार हाल सम्म असुल भएको मूल्य अभिृद्धि कर वापत उपभोक्ताले तिरेको रकम आगामी बिलमा समायोजन गरिने भएको छ ।

United long banner ad
Prev Post

ग्लोबल आइएमईमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

post-bars

Leave a Comment