Back To Top

July 28, 2026

उद्योगपतिहरुसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले

Global Ime Bank AD
Insourance

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनबारे उद्योगपतिहरुसँग आज अर्थ मन्त्रालयमा छलफल गर्ने भएका छन्।

नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम आयोजना गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अपराह्न ३ बजेदेखि सुरु हुने कार्यक्रममा चालू आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयन, उत्पादनमूलक उद्योगका समस्या, निजी क्षेत्रका सुझाव तथा औद्योगिक वातावरण सुधारका विषयमा छलफल हुने जनाइएको छ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेसहित अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

अर्थ मन्त्रालयका अनुसार सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवादमार्फत बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने तथा उत्पादन, लगानी र रोजगारी अभिवृद्धिका लागि आवश्यक नीतिगत तथा कार्यान्वयनगत सुधारका विषयमा उद्योगी व्यवसायीका सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

United long banner ad
Prev Post

बिजुलीको भ्याट साउनदेखिकाे खपतमा मात्र

post-bars

Leave a Comment