Back To Top

May 5, 2026

ऊर्जाका राजनीतिक नियुक्ती खारेज

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार मातहतका निकायका पदाधिकारीहरू स्वतः पदमुक्त भएको जानकारी गराएको छ । मन्त्रालयले सूचनामार्फत अध्यादेशको दफा २ अनुसार पदाधिकारीहरू पदमुक्त भएको जनाएको हो ।

सूचना अनुसार अध्यादेश कार्यान्वयनमा आएसँगै विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसहित सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमक प्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएका छन् ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन् । साथै, प्राधिकरणको सञ्चालक समितिका सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेलसमेत पदमुक्त भएका छन् ।

धिताल २०८१ असार ७ गते आयोगकाे अध्यक्ष नियुक्त भएका थिए । त्यस्तै शाक्य २०८१ चैत १८ गते कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।

United long banner ad
Prev Post

शेखर गोल्छा रिहा भएलगत्तै पुनः पक्राउ

post-bars

Leave a Comment