स्थलगत निरीक्षणका लागि नुवाकोट हिडे बालेन
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् । सडकमार्गबाटै जानलागेका प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी छन् ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नेछन ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ ।