Back To Top

July 15, 2026

चमेलिया–जौलजीबी प्रसारणलाइन निर्माण अगाडी बढाइने

Global Ime Bank AD
Insourance

पाेखरा ।

नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय संयन्त्र (संयुक्त कार्य समूह–जेडब्लुजी) को १३औँ बैठकमा द्विदेशीय ऊर्जा सहकार्य तथा व्यापार सहज बनाउन अन्तरदेशीय प्रसारण पूर्वाधारहरूको अध्ययन तथा निर्माण कार्यलाई गति दिने सहमति भएकाे छ । बुधबार पोखरामा सम्पन्न बैठकले यसअघि भारतको नयाँदिल्लीमा सम्पन्न १२औँ बैठकका निर्णयहरुको समीक्षण गर्दै यस्तो सहमति भएको हो ।

बैठकमा चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को प्राविधिक पक्षबारे अध्ययन गरी अन्तिम रूप दिएर उक्त लाइन निर्माणकार्य अघि बढाउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ ।

United long banner ad
Prev Post

ऊर्जामा बहु–आयामिक वित्तीय औजार आवश्यक

Next Post

विपद् पूर्वसूचनाका लागि सेल ब्रोडकास्ट बारे छलफल

post-bars

Leave a Comment