त्रिशूली–३ ‘बी’काे साइटमा उद्दारकर्ता पुराइँदै
काठमाडौं ।
प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखाङ्कन तथा उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ ।
साइटको अवस्थाबारे जानकारी संकलन तथा उद्धारका लागि सुरुदेखि नै निरन्तर खटिँदै आएका बिनु कुमार बरालसहितको टोली केही बेर अघि थप हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेको उर्जा मन्त्री विराजभक्त श्रेष्ठले बताए ।