Back To Top

April 22, 2026

स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि

Global Ime Bank AD
Insourance

काठमाडौं । नेपालमा स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा साढे ३३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।

भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि देखाउँछ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरका १५ लाख ८४ हजार थान स्मार्टफोन आयात भएका थिए। यस आधारमा चालु वर्षमा स्मार्टफोन आयात संख्या करिब ९० हजार थानले बढेको छ भने मूल्यका हिसाबले झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।

तथ्यांकले नेपाली बजारमा महँगा तथा अत्याधुनिक स्मार्टफोनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको संकेत गर्छ। साथै, सरकारले विलासिताका वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाउनु र बजारमा नयाँ-नयाँ मोडल उपलब्ध हुनुले पनि आयात वृद्धि हुन सहयोग गरेको देखिन्छ ।

United long banner ad
Prev Post

सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा

post-bars

Leave a Comment