Back To Top

May 6, 2026

रिलायन्स स्पिनिङको नाफा २७ करोड

Global Ime Bank AD
Insourance

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चैत्र मसान्तसम्म  २६ करोड ६९ लाख ९२ हजार रूपैयाँ खुद नाफा गरेको छ ।

प्रकासित अपरिस्कृत विवरणअनुसार ९ महिनामा ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको सञ्चालन नाफा (नाफा मार्जिन) ५३ करोड ४९ लाख ८८ हजार रूपैयाँ छ । अर्थात् कम्पनीको नाफा मार्जिन कुल व्यापारको ७.२ प्रतिशत रहँदा करपछिको नाफा (खुद नाफा) ३.६ प्रतिशत रहेको छ ।कम्पनीको ब्याज र अन्य वित्तीय खर्च २२ करोड १० लाख रुपैयाँ रहेको छ भने ४ करोड ७० लाख ९५ हजार रूपैयाँ आयकर तिरेको छ । ९ महिनामै ७ अर्ब ४६ करोडको व्यापार गर्नुले कम्पनीको बजारमा बलियो पकड र ‘सर्भाइभल क्यापासिटी’ देखिन्छ । २७ करोड खुद नाफा कमाएर आफूलाई ‘प्रोफिटेबल’ प्रमाणित गरेको छ।

९ विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ रहेको छ । कुल सम्पत्ति १४ अर्ब ८६ करोड रुपैयाँ रहेको रिलायन्सको कम्पनीको दीर्घकालीन १ अर्ब ९५ करोड र अल्पकालीन ६० करोड २७ लाख गरी कुल ऋण २ अर्ब ५५ करोड रूपैयाँ रहेको छ ।

United long banner ad
Prev Post

भारतले गर्यो नेपालको चिया आयातमा कडाइ

post-bars

Leave a Comment