Back To Top

July 16, 2026

नेपालले १६५० मेगावाट बिजुली भारत निर्यात गर्न सक्ने

Global Ime Bank AD
Insourance

काठमाडौँ।

नेपाल–भारत विद्युत् व्यापारको प्राविधिक क्षमता उपयोग विस्तार गरिएको छ । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय निर्देशक समितिको १३ औँ बैठकमा विद्युत् व्यापार प्रवर्धन गर्ने गरी भइरहेका प्रसारण लाइनको उच्चतम क्षमता प्रयोग गर्ने, नयाँ प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवालको सहअध्यक्षतामा बुधबार सम्पन्न बैठकले प्रसारण पूर्वाधार केन्द्रित पाँच मुख्य सहमति गरेको छ ।

यसअघि ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारतीय समकक्षी पङ्कज कुमारको सहअध्यक्षतामा मङ्गलबार सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेको सिफारिसका आधारमा यस्तो सहमति गरिएको हो । बैठकले हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट मात्र आयात निर्यात हुने गरेकामा ढल्केबर–सीतामढी चार सय केभी प्रसारण लाइनलाई समेत समेटेर आयात एक हजार चार सय र निर्यात एक हजार ६५० मेगावाट पु¥याउने सहमति गरिएको छ । हाल ढल्केबर–मुजफ्फरपुरबाट आयात एक हजार मेगावाट र निर्यात एक हजार एक सय मेगावाटसम्म आयात गर्न सकिने प्रावधान थियो ।

यस अनुसार अब नेपालले तत्काल थप ५५० मेगावाट विद्युत् निर्यात गर्ने अवसर पाएको छ । यो प्रसारण लाइनको प्राविधिक क्षमता विस्तारका लागि एचटिएलएस कन्डक्टर प्रयोग गर्ने कार्यको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ ।

बैठकले विद्युत् व्यापार प्रवर्धन गर्ने चमेलिया (नेपाल)–जैलजिबी (भारत) २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ । यो प्रसारण लाइन सन् २०२८ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल र भारतबिच चार सय केभी क्षमताको न्यु इनरुवा–पूर्णिया र दोदोधरा (न्यु लम्की)–बरेली चार सय केभी प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने कार्यलाई तीव्रता दिने सहमति भएको छ । यो प्रसारण लाइनका लागि नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबिच सेयरधनी सम्झौता र संयुक्त उपक्रम कम्पनी निर्माणको सम्झौता भइसकेको थियो ।

बैठकले मोतीहारी–निजगढ चार सय केभी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ । लखनउ–कोहलपुर/लमही प्रसारण लाइन निर्माणका लागि थप प्राविधिक अध्ययन गर्नेमा पनि बैठकमा सहमति जुटेको छ ।

न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन उपयोग गरी सुरुमा १३० मेगावाट आयात र दुई सय मेगावाटसम्म निर्यात गर्न सक्ने गरी निर्माण अगाडि बढाउने सहमति भएको छ । यो प्रसारण लाइनको नेपाल खण्ड आगामी अगस्टसम्म सम्पन्न हुने तर न्यु बुटवल सबस्टेसन सन् २०२७ डिसेम्बरमा मात्र तयार हुने भएकाले यो प्रसारण लाइन तयार हुनासाथ २२० केभीमा सञ्चालनमा ल्याई प्रयोगमा ल्याइने छ ।

United long banner ad
Prev Post

शेख हसिनाकाे ९ खर्ब ४२ अर्बको सम्पत्ति जफत

post-bars

Leave a Comment