Back To Top

Air
September 24, 2024

हरित हाइड्रोजनको उपत्यका बनाउँदै भारत

Global Ime Bank AD
Insourance

केरलाः
भारतको केरला राज्य सरकारले कोची उपत्यकालाई हरित हाइड्रोजन उपत्यका निर्माण गर्ने तयारी थालेको छ ।

कोची हरित हाइड्रोजन उपत्यका कार्ययोजना अनुसार यो परियोजनाका सबै चरण निमार्ण सम्पन्न गर्न १ खर्ब ८५ अर्ब ४२ करोड भारतीय रुपैयाँ लगानी हुने जनाइएको छ ।

केरला राज्य सरकार मातहतको एजेन्सी फर न्यु एण्ड रिन्युएबल इनर्जी रिसर्च एण्ड टेक्नोलोजी(एनइआरटी) ले कार्यान्वयन गर्न लागेको महत्वाकाँक्षी यो परियोजना केरला सरकारले तीन चरणमा विकास गर्न खोजेको छ । नमुना परियोजना सञ्चालनका लागि मात्रै ६ अर्ब ६९ करोड भारतीय रुपैयाँ खर्च गरिँदैछ । त्यसपछि यसलाई स्तरबृद्धि गर्न ५१ अर्ब ३० करोड खर्च गरी परियोजना सम्पन्न गर्ने योजना रहेको पाइएको छ ।

तीन चरणको विकास योजना अनुसार पहिलो चरणमा सन् २०२५ भित्र कोची उपत्यकामा रहने हरित हाइड्रोजनका क्लस्टर हरु निर्धारण गरी आवश्यक विद्युतीकरण हुनेछ । दोस्रो चरण सन २०३० सम्ममा इलेक्ट्रोलाईजर लगायत सबै उपकरण जडान तथा सञ्चालनका काम हुनेछन् ।

परियोजनालाइ आवश्यक परिस्कृत र स्तरबृद्धिका काम पनि त्यस लगत्तै सुरु गर्ने र सन् २०४० सम्ममा पूर्ण विकसित परियोजना बनाउने योजना भारत सरकारको छ ।

परियोजनाको कुल लागत रकम मध्ये ४१ अर्ब ६६ करोड रुपैयाँ पानी खण्डीकरणमा प्रयोग हुने इलेक्ट्रोलाईजर तथा एमोनिया प्लान्ट स्थापना गर्ने र १ खर्ब २६ अर्ब रुपैयाँ नवीकरणीय ऊर्जामा खर्च गर्ने योजना भारत सरकारको छ । यो परियोजनामा ७ अर्ब ३१ करोड भारु तत्काल भारत सरकारले अनुदानका रुपमा उपलब्ध गराउने छ ।
कोचि हरित हाइड्रोजन उपत्यकाले यो परियोजनामार्पmत तीन हजार ६ सय रोजगारी सृजना गर्नेछ भने काबन उत्सर्जन न्युनीकरण तर्पm पनि महत्वपूर्ण योगदान पुराउने उल्लेछ । जनाइए अनुसार यो परियोजनाबाट मात्रै ४ लाख ९० हजार टन कार्बन उत्सर्जन न्युनीकरणमा योगदान पुग्ने जनाइएको छ । यो परियोजनले मात्रै केरलाको कुल कार्बन उत्सर्जनलाई २ प्रतिशतले घटाउने बताइएको छ ।

United long banner ad
Prev Post

ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो

Next Post

बजाजको ग्रान्ड कार्निभल

post-bars

Leave a Comment