Back To Top

July 22, 2026

हुवावेले ल्यायाे ‘फ्युजनसोलार ९.०

Global Ime Bank AD
Insourance

काठमाडाै ।

सूचना तथा सञ्चार प्रविधि तथा डिजिटल ऊर्जा समाधान प्रदायक कम्पनी हुवावेले ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पिभी) समाधान’ र ‘लुटेरा (LUTERRA) युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली (इएसएस)’ नामक दुई अत्याधुनिक प्राविधियुक्त ऊर्जा समाधान नेपाल भित्र्याएकाे छ । नेपालको हरित ऊर्जा विकासलाई टेवा पुर्‍याउने उद्देश्यसहित कम्पानीले यी दुई प्रविधि नेपाल भित्र्याएकाे जनाएकाे छ ।

‘सबै परिदृश्यमा ग्रिड–फर्मिङ प्रविधिको नयाँ युगमा प्रवेश’ भन्ने नारासहित आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, हुवावे डिजिटल पावर साउथ एसियाका निर्देशक यु जियानलोङ, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चेस्टर चेन तथा हुवावे नेपाल डिजिटल पावरका निर्देशक रोहितचन्द्र शाहले संयुक्त रूपमा उक्त प्रविधियुक्त ऊर्जा प्रणाली सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार फ्युजन सोलार ९.० अत्याधुनिक ठूलो क्षमता वा स्तर (युटिलिटी–स्केल) को सौर्य ऊर्जा समाधान हो । यसले स्मार्ट डिजिटल प्रविधिलाई सौर्य प्रणालीसँग एकीकृत गरी सञ्चालन दक्षता वृद्धि र स्वच्छ ऊर्जाको अधिकतम उत्पादन सुनिश्चित गर्ने लक्ष्य राखेको छ । त्यस्तै ‘लुटेरा युटिलिटी ग्रिड–फर्मिङ इएसएस’ ब्याट्री ऊर्जा भण्डारण प्रणाली (इएसएस) हो । यसले नवीकरणीय ऊर्जाको भण्डारण, विद्युत् आपूर्ति र मागबीच सन्तुलन कायम गर्न तथा राष्ट्रिय विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

ग्रिड फर्मिङ इएसएस ऊर्जा भण्डारण प्रणाली (ब्याट्री) को यस्तो उन्नत प्रविधि हो, जसले बाह्य पावर ग्रिड नहुँदा वा ग्रिड ट्रिप (बन्द) हुँदा पनि आफैँ भोल्टेज र फ्रिक्वेन्सी उत्पन्न गरेर राष्ट्रिय वा स्थानीय ग्रिडलाई स्थिर बनाइराख्न सक्छ ।

यी डिजिटल ऊर्जा समाधानहरूले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउनुका साथै सौर्य ऊर्जाको प्रभावकारी उपयोग र दीर्घकालीन ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा हुवावे नेपालका सिइओ चेस्टर चेनले विगत २६ वर्षदेखि हुवावेले नेपालका लागि विश्वसनीय साझेदारका रूपमा डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको उल्लेख गरे । अब हरित ऊर्जा प्रविधिमार्फत पनि नेपालको दिगो विकास यात्रामा सहकार्यलाई थप सुदृढ बनाउने उनको प्रतिबद्धता थियो । उनले पछिल्ला यी दुई ऊर्जा समाधानले नेपाललाई अझ स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्य निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सन् १९९९ देखि नेपालमा कार्यरत हुवावेले दूरसञ्चार सेवा प्रदायक, सरकारी निकाय, उद्योग–व्यवसाय तथा अन्य साझेदार संस्थासँग सहकार्य गर्दै डिजिटल तथा दिगो विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ । कम्पनीले डिजिटल पावर प्रविधिमा निरन्तर नवप्रवर्तनमार्फत नेपालको नवीकरणीय ऊर्जा विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित भविष्य निर्माण गर्ने राष्ट्रिय लक्ष्यमा प्रविधि र नवप्रवर्तनमार्फत सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

United long banner ad
Prev Post

उपभोक्ताले खरिद बिल लिए सरकारी उपहार

post-bars

Leave a Comment