Back To Top

September 23, 2026

नेपालबाट विश्वको छानो खसेको देखिइसकेको छ : एन्टोनियो गुटेरेस

Global Ime Bank AD
Insourance

काठमाडौँ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा हिमनदी पग्लिरहेकोबारे आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रमा मंगलबार सम्बोधन गर्दै गुटेरेसले हिमालमा देखिएको जलवायु संकटका असर अपेक्षा गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको बताए ।

‘तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा मैले हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएकोबारे चेतावनी दिएको थिएँ । कतिपयले त्यसलाई खतराको अतिशयोक्ति भनेका थिए,’ उनले भने, ‘तर दुःखद घटनाहरूले देखाएझैं यसको असर धेरैले अपेक्षा गरेभन्दा छिटो, गम्भीर र व्यापक रूपमा आइरहेको छ ।’

गुटेरेसले जलवायु संकटलाई अन्तरपुस्तीय शक्तिको असन्तुलनसँग जोड्दै सबैभन्दा कम जिम्मेवार समूह र देशहरूले नै यसको सबैभन्दा ठूलो असर भोगिरहेको बताए । ‘सबैभन्दा बढी प्रदूषण गर्ने सबैभन्दा बढी लाभ लिनेहरूले आफूले निम्त्याएको क्षति परिपूर्ति गर्न अझ धेरै गर्नुपर्छ,’ उनले भने, ‘प्रदूषकहरूले तिर्नैपर्छ ।’

उनले विकसित देशहरूलाई जलवायु अनुकूलनका लागि वित्तीय प्रतिबद्धता पूरा गर्न र अनुकूलन वित्त तीन गुणा बढाउन आग्रह गरे । साथै, जलवायुजन्य क्षति तथा नोक्सानीसम्बन्धी कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

 

United long banner ad
Prev Post

सेबोनको आइपिओ निर्देशिका प्रति इप्पानको आपत्ति

post-bars

Leave a Comment