Back To Top

September 22, 2026

संयुक्त राष्ट्र संघको महासभामा बाेल्न बालेनलाइ १४ मिनेट

Global Ime Bank AD
Insourance

काठमाडाै,

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिका प्रस्थान गर्दैछन्।

संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन् प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उनले महासभामा असोज ८ गते सम्बोधन गर्ने तालिका छ।

महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली गत आइतबारै न्युयोर्क प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन्।

रसुवामा भोटेकोसी बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्री नै महासभामा सहभागी भएर आवाज उठाउनुपर्ने सार्वजनिक दबाब बढेपछि शाह राष्ट्र संघको महासभामा जान तयार भएका हुन्। त्यसअघि परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तय भएको थियो।

प्रधानमन्त्री शाहलाई महासभामा बोल्नको लागि १४ मिनेटको समय उपलब्ध हुनेछ। उनले सोही समयमा आफ्ना कुरा राख्ने गरी लिखित सम्बोधन तयार गरिएको छ।

प्रधानमन्त्रीले गर्ने सम्बोधन अहिले १५ सय शब्दको हाराहारीमा रहेको छ।

सुरूमा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको सम्बोधनको मसौदा तयार पारेको थियो। परराष्ट्र मन्त्रालयका सचिव र केही सहसचिवले सो काम गरेका थिए। उक्त सम्बोधनको मसौदा तयार गर्नुअघि परराष्ट्र मन्त्रालयले सरोकारवालाहरूसँग महासभामा नेपालले उठाउनुपर्ने विषयमा सुझाव लिएको थियो।

United long banner ad
Prev Post

काठमाडौंका विभिन्न क्षेत्रमा ११ दिन बत्ती जाने (हेर्नुहाेस सूचि)

Next Post

बिजुलीमा भ्याटमा उर्जा र अर्थमन्त्रीकाे जुँगा लडाइ

post-bars

Leave a Comment