Back To Top

August 24, 2026

‘चन्द्र नहरलाई सम्पदाका रूपमा संरक्षण ‘

Global Ime Bank AD
Insourance

सप्तरी /

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन वृद्धि गर्ने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुग्नुभएका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीको ऐतिहासिक उदाहरणका रूपमा विकास गर्दै कृषि उत्पादन, संरक्षण र पर्यटनसँग जोड्न सकिने बताए ।

उनले नहरको सुरक्षा, मर्मतसम्भार तथा पुनरुद्धारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आवश्यक योजना बनाउन मन्त्रालय तयार रहेको बताए । नहरको दीर्घकालीन संरक्षण सरकारको मात्र जिम्मेवारी नभई स्थानीय तह, उपभोक्ता र समुदायको समेत साझा दायित्व भएको उनकाे भनाइ छ।

“सिँचाइ पूर्वाधारले खेतबारीमा पानी पुर्‍याउने काम मात्र गर्दैन, यसले कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटनमा समेत बहुआयामिक योगदान पुर्‍याउन सक्छ,” मन्त्री श्रेष्ठले भने ।

चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भएको चन्द्र नहरलाई नेपालको पहिलो आधुनिक राज्यनिर्मित सिँचाइ प्रणालीका रूपमा चिनिन्छ। त्रियुगा नदीबाट पानी ल्याएर सप्तरीका करिब १० हजार ५०० हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याउने यो प्रणाली एक शताब्दीअघि निर्माण गरिएको हो।

करिब एक शताब्दीअघि निर्माण भएको संरचनाले अहिले पनि किसानका खेतमा पानी पुर्‍याइरहनु सामान्य उपलब्धि नभएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसको ऐतिहासिकता र प्राविधिक महत्व नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताए ।

उनका अनुसार चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (आईसीआईडी) को ‘वर्ल्ड हेरिटेज इरिगेसन स्ट्रक्चर्स’ सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा मन्त्रालयले गम्भीरतापूर्वक काम अघि बढाइरहेको छ।

“नेपालको सिँचाइ इतिहास निकै पुरानो र गौरवपूर्ण छ। त्यसको संरक्षण गर्ने, विश्वसामु यसको महत्व चिनाउने र आवश्यकताअनुसार आधुनिक बनाउने जिम्मेवारी अहिले हाम्रो पुस्ताको हो,” उनले भने ।

को सहकार्यबाट चन्द्र नहरलाई आधुनिक र प्रभावकारी सिँचाइ प्रणालीका रूपमा विकास गर्नुका साथै यसको ऐतिहासिक पहिचानसमेत जोगाउन सकिने मन्त्रालयको विश्वास छ।

United long banner ad
Prev Post

बिजुली महसुल परिवर्तन गर्ने सरकारकाे तयारी

post-bars

Leave a Comment