Back To Top

August 5, 2026

अपर अरुणकाे सुरुङ निर्माण सुरु

Global Ime Bank AD
Insourance

काठमाडौं :

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजनामध्ये एक १,०६३.३६ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजनाले सुरुङ निर्माणको औपचारिक सुरुआत गरेको छ। आयोजनाअन्तर्गत विद्युत् गृह-बाँध क्षेत्र पहुँचमार्गको नामसे खण्डमा पर्ने २.०३ किलोमिटर लामो सुरुङको पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको हो।

अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका अनुसार सुरुङको पोर्टलमा विधिपूर्वक पूजा-आराधनापछि पहिलो ब्लास्टिङ गरिएको हो। यससँगै सुरुङ निर्माण कार्य औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको कम्पनीले जनाएको छ।

उक्त सुरुङ विद्युत् गृह र बाँध क्षेत्रलाई जोड्ने करिब २१ किलोमिटर लामो पहुँचमार्गको महत्वपूर्ण संरचना हो। पहिलो ब्लास्टिङ सम्पन्न भएसँगै आयोजनाको भौतिक निर्माणले थप गति लिने अपेक्षा गरिएको छ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन अपर अरुण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले प्रवर्द्धन गरिरहेको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना हो। २०७३ सालमा स्थापना भएको कम्पनीले आयोजना विकास गरिरहेको छ भने यसमा नेपाल विद्युत् प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारणको ३२ प्रतिशत स्वामित्व रहेको छ। आयोजना सम्पन्न भएपछि यो नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्नेछ।

यो आयोजना वार्षिक करिब ४,५३१ गिगावाटघण्टा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ विकास भइरहेको छ। उत्पादित विद्युत् ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने व्यवस्था गरिएको छ। केही महिनाअघि मात्र आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेसँगै मुख्य संरचनाहरूको निर्माणले तीव्रता पाएको थियो।

कम्पनीले सुरुङ निर्माणको पहिलो ब्लास्टिङलाई आयोजनाको निर्माण यात्राको अर्को महत्वपूर्ण कोशेढुङ्गाका रूपमा उल्लेख गर्दै यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने कर्मचारी, प्राविधिक टोली, निर्माण साझेदार तथा अन्य सरोकारवालाप्रति धन्यवाद तथा बधाई व्यक्त गरेको छ।

United long banner ad
Prev Post

घ्याम्पेसाल सबस्टेसन सफलतापूर्वक चार्ज

post-bars

Leave a Comment