Back To Top

ठूला भारु नोट नेपालमा पनि चलाउने तयारी
December 15, 2025

ठूला भारु नोट नेपालमा पनि चलाउने तयारी

काठमाडौं । करिब एक दशकदेखि बन्देज गरिएको ठुला दरका भारतीय नोट नेपालमा पुनः चलाउन दिने तयारी भएको छ । सरकार र नेपाल राष्ट्र बैंकले नेपालमा ठुला दरका भारतीय नोट चलाउन दिने तयारी गरेको हो । नेपालमा बन्देज गरिएको भारतीय १००
मधेशका अधिकांश पुल निर्माण अलपत्र
December 14, 2025

मधेशका अधिकांश पुल निर्माण अलपत्र

रौतहट : मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानमा पुल समयमै निर्माण नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य भएका छन्। पुल निर्माणका लागि ठेक्का लागे पनि काम अघि बढ्न नसक्दा अधिकांश आयोजना अलपत्र अवस्थामा छन्। रौतहट र सर्लाहीलाई
नेपाल-भियतनाम आर्थिक सन्बन्ध बिस्तार बारे छलफल
December 11, 2025

नेपाल-भियतनाम आर्थिक सन्बन्ध बिस्तार बारे छलफल

काठमाडौं : नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन,
कार्बन व्यापारमा अव निजी क्षेत्रपनि समेटियो
December 11, 2025

कार्बन व्यापारमा अव निजी क्षेत्रपनि समेटियो

काठमाडौँ। निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूaनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने गरी सरकारले कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ । मङ्गलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वयनमा आएको हो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका परियोजना मात्र कार्बन
मोहना नदी—दैजी सडकको ठेक्का तोडियो
December 11, 2025

मोहना नदी—दैजी सडकको ठेक्का तोडियो

काठमाडौं। हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि  बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी
सिँचाई आयोजना सञ्चालन गर्न सरकारी कम्पनी खडा
December 10, 2025

सिँचाई आयोजना सञ्चालन गर्न सरकारी कम्पनी खडा

काठमाडौं  सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ । कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको छ । कम्पनीमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको वहुमत सेयर रहनेछ । कम्पनीमा नेपाल सरकारका विभिन्न निकाय, सम्बन्धित प्रदेश मन्त्रालय, स्थानीय तह,सम्बन्धित क्षेत्रका कृषक, कृषि क्षेत्रसँग सम्बन्धित वित्तीय संस्था, उद्योगीव्यवसायी र नेपाल विद्युत प्राधिकरणको लगानी रहनेछ । कम्पनी संस्थापना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने छ । कम्पनीको कारोबार प्रकृति सेवा प्रदान गर्ने र उत्पादनमूलक हुनेछ । सरकारको लगानी र एशियाली विकास बैंक -एडिबी_को सहायतामा नवीनतम यान्त्रिक सिँचाइ आयोजनाबाट हाललाई रौतहट र सर्लाहीमा भूमिगत जलस्रोतको उपभोगमार्फत प्रारम्भिक चरणमा पाँच सय डिप ट्युबवेलको निर्माण गरिने छ । यसबाट साढे २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने र कृषि व्यवसायीकरणमार्फत उत्पादन बृद्धिमा टेवा पुर्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बताउनुभयो । उहाँले आवश्यकता र मागका आधारमा अन्य जिल्ला र क्षेत्रमासमेत सेवा विस्तार गर्न सकिने उल्लेख गर्नुभयो । हाल दुई जिल्लामा सञ्चालन गरिने आयोजनाको अनुमानित लागत १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ४० करोड रुपैयाँ) रहेको छ । यसमध्ये सरकारको ४ अर्ब ९३ करोड रुपैयाँ लगानी रहेको छ ।   एडिबीको १७ अर्ब ४७ करोड रुपैयाँ सहयाता रहने छ । यसमा २ अर्ब १० करोड अनुदान र बाँकी रकम सहुलितपूर्ण ऋण रहेको छ । कम्पनीले सतह तथा भूमिगत जलस्रोतको एकल तथा संयोजनात्मक उपयोगमार्फत सिँचाइ सुविधा उपलब्ध गराउने, किसानसँग ग्राहकी सम्झौता गर्ने, पानी वितरणका शर्त र सिँचाइ महशुल निर्धारण तथा संकलन गर्ने, सिँचाइ प्रणालीको विकास, संचालन, मर्मत सम्भार तथा प्रस्तिस्थापन गर्ने, किसानलाई तालिम प्रदान गरी क्षमता विकास गर्नेलगायतका काम गर्ने छ । कम्पननीको अधिकृत पूँजी तीन अर्ब रुपैयाँ रहनेछ ।अधिकृत पूँजीलाई प्रतिशेयर  एक सय रुपैयाँ दरका तीन करोडड थानका