Back To Top

September 23, 2024

ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो

Global Ime Bank

धनुषा:

ढल्केवर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का सहितको उच्चस्तरीय टाली विवादित स्थलको भ्रमण गरी सहमति जुटाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गरेको ढल्केवरदेखि सीतामढीको ४००/२२० केभी डबल सर्किट प्रसारण लाईनको करिब साढे दुई किलोमिटर प्रसारण लाईनले चर्चेको जग्गा (राईट अफ वे)मा विवाद हुँदा प्रशारणलाईन निर्माण अवरुद्ध थियो । सो विवाद निरुपण कसरी भयो भन्ने जानकारी मन्त्री सचिवालयले उपलब्ध गराएको छैन ।

उक्त समस्या समाधानसँगै लाईन निर्माण तत्काल सुचारु गर्ने सहमति समेत भएको जनाइएको छ । टोलीमा ऊर्जा सल्लाहकार प्रवल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए ।

मन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको तर्फबाट ढल्केवर सवस्टेशनमा जडान गर्नुपर्ने ४००÷२२० केभी (३१५ एमभीए) को ट्रान्सफर्मर जडान कार्य सुरु गरिसकेकोमा १५ दिनभित्र परिक्षणका कार्य सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिए ।

उक्त ट्रान्सफर्मर जडान भएपछि नेपालले एक हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्न पाउने गरी नेपाल र भारतबीच संयुक्त प्राविधिक संयन्त्रको बैठकमा यसअघि सहमति समेत भइसकेको छ । मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले उक्त समस्या समाधान हुनु अरुण तेस्रो जलविद्युत आयोजनाका लागिमात्र नभएर देशकै लागि पनि अन्तरदेशीय विद्युत व्यापारका दृष्टिकोणले ठूलो उपलब्धि भएको बताए ।

उर्जामन्त्री खड्काले ढल्केवर सव–स्टेशनको पनि अनुगमन तथा निरीक्षण गरेका थिए ।

Prev Post

साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल

Next Post

हरित हाइड्रोजनको उपत्यका बनाउँदै भारत

post-bars

Leave a Comment