Back To Top

February 13, 2026

कार्यसम्पादनमा पाणिनी सर्वोत्कृष्ट,काठमाडौं कमजोर

Global Ime Bank AD
Insourance

काठमाडौं।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । १७ सूचकांकका आधारमा गरिएको मूल्यांकनमा ८३.८४ अंक प्राप्त गर्दै पाणिनी मुलुकभरका पालिकामा पहिलो भएको हो ।

 अर्घाखाँचीको पाणिनी (८३.८४) सहित रुकुम पश्चिमको चौरजहारी (८२.१५) गुल्मीका मालिका (८१.९८) र धुर्कोट (८०.५२) उत्कृष्ट चार भएका छन् । आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्कृष्ट चारमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंकसहित दोस्रो, गुल्मीका मालिका गाउँपालिका ८१.९८ अंकसहित तेस्रो र धुर्कोट गाउँपालिका ८०.५२ अंक प्राप्त गरेर चौथो । ६ महानगरपालिकामध्ये काठमाडौं सबैभन्दा कमजोर र विराटनगर सबैभन्दा अब्बल देखिएका छन् । मुलुकभरका ११ उपमहानगरपालिकामध्ये बुटवलको कार्यसम्पादन सबैभन्दा राम्रो र इटहरीको सबैभन्दा कमजोर छ ।

महानगरपालिकामध्ये सबैभन्दा कमजोर काठमाडौंले ४४.९७ अंक पाएको छ । सबैभन्दा धेरै विराटनगरको ७८.११ अंक छ । ललितपुरले ७६.३३, भरतपुरले ६८.०४, पोखराले ५४.७६ र वीरगन्जले ५४ अंक प्राप्त गरेका छन् ।

उपमहानगरपालिकातर्फ बुटवलले सबैभन्दा बढी ६४.४४ अंक प्राप्त गरेको छ । इटहरी ३८.९६ अंक ल्याएर पुछारमा परेको छ । धरानले ४९.७६ अंक पाएको छ ।प्राप्त अंक चित्त नबुझे आवश्यक आधार र प्रमाणसहित स्थानीय तहले ७ दिनभित्र पुनरावलोकनका लागि तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् ।

१० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, तोकिएकै समयमा बजेट पारित गरे/नगरेकोलाई आयोगले मूल्यांकनको आधार बनाएको छ । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा मनोरञ्जन कर, घरजग्गा रजिस्ट्रेसन शुल्क तथा विज्ञापन करबापत संकलित रकमध्ये प्रदेश सरकारलाई दिए/नदिएको मापदण्डबाट मूल्यांकन गरिएको छ । कार्यसम्पादन मूल्यांकनका अन्य सूचकमा विद्यार्थी भर्नादर, विद्यार्थी टिकाउ दर, एसईई नतिजा, बजेट खर्चको व्यवस्था, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, राजस्व परिचालन, गर्भ जाँच गराउने महिला अनुपात, खोप रहेका छन् ।

United long banner ad
Prev Post

दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास

post-bars

Leave a Comment