Back To Top

June 11, 2025

२४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम

Global Ime Bank AD
Insourance

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ २८, बुधबार) ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

जसमध्ये महाशाखाले बाँकेसहित पश्चिमका सात जिल्लामा ‘एल्लो वारेन्ट’ (मध्यम जोखिम) जारी गरेको छ।

महाशाखाका अनुसार आज इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ रामेछाप, कास्की, लमजुङ, अछाम, बझाङ, दार्चुला, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र आसपास भई वहने नदीमा बाढी बढ्ने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन आवश्यक छ।

यीमध्ये बाढी महाशाखाले दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोटलाई भने पहेँलो चिह्न (मध्यम जोखिम) मा राखेको छ । आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा (४० डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जोमसोम र जुम्लामा (१३ डिग्रीसम्म) पुग्ने देखिन्छ।

United long banner ad
Prev Post

‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’

Next Post

प्रदेश सरकारको खर्च एक खर्ब ६१ अर्ब

post-bars

Leave a Comment