Back To Top

September 25, 2024

मौसम बदलिँदै, तीन दिन पानी पानी

Global Ime Bank AD
Insourance

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार दिउँसो देखि शनिबारसम्म देशभर हल्का देखि मध्यम वर्षा र स्थान विशेषमा अतिभारी सम्मको वर्षा हुने जनाएको छ ।

बुधबार सूचना जारी गर्दै विभाग अनतरगतको मौषम पूर्वानुमान महासाखाले विहिबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेशका एक,दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना औल्याएको छ । साथै तराइका स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार पनि देशभर साधारणतया देखि पूर्णतया बादल रहने हल्का देखि मध्यम वर्षाको सम्भावना औल्याइएको छ । सो दिन कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना देखिएको सूचनामा जनाइएको छ । तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना औल्याइएको छ ।

शनिबार पनि देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना औल्याइएको छ रहेको छ ।

असोज १३ गते आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। लगातार तिन दिन सम्म हुन वर्षाका कारण क्षति बहन नगर्ने गरी आवश्यक तयारी गर्न विभागले आह्वान गरेको छ ।

United long banner ad
Prev Post

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई आग्रह

Next Post

भरपर्दो यतायात प्रणाली विकासमा नेपाल प्रतिवद्ध

post-bars

Leave a Comment