Back To Top

February 11, 2026

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना

Global Ime Bank AD
Insourance

काठमाडौँ: देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनुका साथै तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकामा वायु प्रदूषण कायमै रहने जनाएको छ। प्रतिकूल मौसममा सुरक्षित रहन सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

United long banner ad
Prev Post

बजेटसम्बन्धी अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक

post-bars

Leave a Comment