Back To Top

January 29, 2025

साढे १३ सय नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने

Global Ime Bank

काठमाडौं ।

अमेरिकाले नेपालका अवैध  १३ सय भन्दा आप्रवाशीलाई नेपाल फिर्ता पठाउने भएको छ । त्यहाँको अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्ले विवरण अनुसार यो चरणमा विश्व भरका करिव साढे १४ लाख आप्रवाशी अमेरिकाबाट निकाला गरिँदैछ ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् ।

यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ ।

ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।

Prev Post

तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण

Next Post

पाथीभरामा केबलकार निर्माण भए सबैलाई फाइदा: योगेश भट्टराई

post-bars

Leave a Comment