Back To Top

October 31, 2025

मुग्लिन–नारायणगढ सवारी आवागमन पुनः सुरु

Global Ime Bank AD
Insourance

काठमाडौं ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ । केही समयका लागि सडक अवरुद्ध भए पनि अहिले आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

माथिबाट खसेका ढुंगाहरूका कारण सडकमा सवारी रोकिँदा यात्रुहरू अलपत्र परेका थिए। ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिनको प्रयोग गरी सडक सफा गरिएको र दुबै तर्फको यातायात सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयले तुइन खोला क्षेत्रलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गर्दै यात्रु र चालकहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ। वर्षा जारी रहेकाले सडकमा ढुंगा र माटो झर्ने सम्भावना अझै कायम रहेको भन्दै आवागमन अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

United long banner ad
Prev Post

विपी राजमार्ग मर्मत गर्न जापानले अनुदान दिने

Next Post

वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह

post-bars

Leave a Comment