Back To Top

April 15, 2025

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको  अनुदान

Global Ime Bank

काठमाडौं ।

ह्वाइट हाउसले  विश्व प्रशिद्ध छात्रवृति कार्यक्रम सञ्चालन गर्ने हार्वर्ड विश्वविद्यालयलाई दिइने दुई अर्ब डलरभन्दा बढीको संघीय सहायता रोक्ने घोषणा गरेको छ ।  ह्वाइट हाउसले पठाएको मागहरूको सूची अस्वीकार गरेको  नटेरेको  भन्दै  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  विश्वविद्यालयको सहायता रोकेका हुन् ।

ह्वाइट हाउसले गत साता हार्वर्डलाई यहुदीविरुद्धको घृणालाई रोक्न भन्दै केही मागहरू पठाएको थियो । विश्वविद्यालयको प्रशासन, नियुक्ति प्रक्रिया र भर्ना प्रणालीमा परिवर्तन गर्नुपर्ने लगायतका माग  पत्रमा उल्लेख थियो । हार्वर्डले सोमबार ट्रम्प प्रशासनको दबाबलाई अस्वीकार गर्ने पहिलो प्रमुख अमेरिकी विश्वविद्यालय बनेको छ।

सोमबार हार्वर्डका अध्यक्ष एलेन गार्बरले समुदायलाई पठाएको पत्रमा शुक्रबार ह्वाइट हाउसले थप मागहरूको सूची पठाएको र विश्वविद्यालयले ती मागहरू नमान्ने हो भने सरकारसँगको आर्थिक सम्बन्धमा असर पर्न सक्ने चेतावनी दिइएको उल्लेख गरिएको थियो । उनले लेखेका छन्, ‘हार्वर्डले आफ्नो स्वतन्त्रता न त त्याग्नेछ, न त आफ्नो संविधानद्वारा सुनिश्चित अधिकारहरू परित्याग गर्नेछ ।’

ट्रम्पले दोस्रो कार्यकालमा विश्वविद्यालयहरूलाई यहूदीविरोध अन्त्य गर्न र विविधता सम्बन्धी अभ्यासहरू रोक्न दबाब दिएका छन् । उनले प्रमुख विश्वविद्यालयहरूलाई यहूदी विद्यार्थीहरूको सुरक्षा गर्न असफल भएको र वामपन्थी झुकाव राखेको आरोप लगाएका छन् । मार्चमा प्रशासनले हार्वर्डमा २५६ मिलियन डलर बराबरको अनुदान र सम्झौताहरूको समीक्षा गरिरहेको बताएको थियो ।

-एजेन्सीको सहयोगमा

Prev Post

सामाजिक सुरक्षा योजनामा अस्थायी, करार कर्मचारी पनि

post-bars

Leave a Comment