तिलागाउँ पहिेरेा प्रभावितलाई सुरक्षित स्थानान्तरण

हुम्ला ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय वासिन्दाहरुको घरमा क्षती पुयाएको छ ।
आवश्यक विपद् उद्वार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानिको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमाताल रहेको आशंका गरिएको छ । आशंका गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भईरहेको छ । पहिरोबाट मानवीय तथा पशुचौपायामा क्षती नपुगेको सशस्त्र प्रहरी बल सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
