Back To Top

June 24, 2025

वर्षापछि तीन सडक पूर्णरुपमा अवरुद्ध

Global Ime Bank AD
Insourance

वर्षापछि बाढीपहिरो जाँदा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ।

नेपाल प्रहरीले मंगलबार बिहान पौने ११ बजे सार्वजनिक गरेको विवरणअनुसार अहिले देशका आठ सडक एकतर्फी र तीन सडक पूर्णरुपमा अवरुद्ध अवस्थामा छन्।

गुल्मीस्थित कालीगण्डकी करिडोर, रुकुमपश्चिमस्थित जाजरकोट- डोल्पा-भेरी करिडोर र डोल्पास्थित भेरि करिडोर सडक अहिले पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।

त्यसैगरि रवि-राँके-भेडेटार सडक धनकुट, कोसी राजमार्ग संखुवासभा, पूर्वपश्चिम राजमार्ग नवलपरासी पूर्व, कालीगण्डकी करिडोर नवलपरासी, बेनी-जोमसोम सडक म्याग्दी, पोखरा-बाग्लुङ सडक कास्की, कालीगण्डकी करिडोर गुल्मी, जुम्ला-मुगु सडक पनि एकतर्फी रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ।
United long banner ad
Prev Post

ग्लोबल आइएमईका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म…

Next Post

चर्चिललाई दुई अन्तर्राष्ट्रिय सम्मान

post-bars

Leave a Comment