Back To Top

January 13, 2026

सोलु हाइड्रोको आइपीओ खुला

Global Ime Bank AD
Insourance

काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले आम सर्वसाधारणका लागि को प्राथमिक सेयर (आईपीओ) खोलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका तथा म्युचुअल फन्डलाई निष्कासन गरेको थियो । ८२ लाख कित्ता सेयर आम सर्वसाधारणलाई आजदेखि खुलेको हो । जसअनुसार ८ लाख २० हजारले १० कित्ताका दरले सेयर लिन सक्छन् ।।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । माघ ४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

United long banner ad
Prev Post

ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन बन्ने

Next Post

वाणिज्य बैंकहरुले घटाए माघका लागि ब्याजदर

post-bars

Leave a Comment