सुनकोशी मरिनपनि ढिलासुस्तीकै चपेटामा

काठमाडौँ ।
ठेकेदारको ढिला सुस्तीका कारण सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ ।
आयोजनाको सुस्तगति प्रति प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाउँदै निर्मााण कम्पनीको ठेक्का तोड्ने सम्मको चेतावनी दिएका छन् । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि स्थलगत अनुगमन गरी तोकिएकै समयमा सम्पन्न ग निर्देशन दिएका छन् ।
सिन्धुलीमा निर्माणाधीन सो आयोजनाको १३.२ किलोमिटर सुरूङ निर्माण सकिएको छ । सुरूङ टिबीएम प्रयोगगरी निर्माण गरिएको थियो । हेडवक्र्सको काम भने निर्माण कम्पनीले तिव्रता दिन सकेको छैन । निर्धारित कार्यतालिका अनुसार अहिले सम्म आयोजनाको हेडवकर्सको काम ५० प्रतिशत सम्पन्न हुनुपर्ने थियो तर यो प्रगति १० प्रतिशतमै सिमित छ ।
“अयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस, काम तेकिएकै समयमा सक्नेगरी लाग्नुहोस, कार्यप्रगतिको आधारमा बजेट पर्याप्त आउनेछ, मन्त्री खड्काले ठेकेदारका प्रतिनिधिलाई भने, लक्ष्य प्राप्ती गर्नका लागि काम गर्नुभएन भने सरकारले विकल्प सोच्छ ।”
करिव एक लाख २२ हजार हेक्टर जमिनमा सिचाई हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानीका लागि उपयोगमा ल्याउने गरी सो बहुउदेश्यीय आयोजना बनाउन लागिएको हो ।
१४ अर्ब रुपैयाँ लागतको सो आयोजनामा आयोजनामा हालसम्म एक अर्व २० करोड रुपैयाँ मोविलाइजेशन खर्च परिचालन गरिसकेको सिँचाइ विभागले जनाएको छ । हेडवर्कस निर्माणको ठेक्का रमन कन्ट्रक्सनले पाएको छ । मन्त्रीसहित उच्च पदस्तको अनुगमनमा कम्पनीका प्रतिनिधी रमन पटेलले सिँचाइ विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाई भएको जानकारी मन्त्रीलाई गराएका थिए । उनले सरकारले सहयोग गरे आफूहरुले समयमै आयोजना सम्पन्न गर्ने दाबी गरे ।
परमर्शदाता स्मेक कन्सल्यान्टका प्रतिनिधी दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताएका छन् । समयमै काम सम्पन्न गर्नका लागि आफूहरुले ठेकेदार कम्पनीलाई निरन्तर खवदारी गरिरहेको दाबी उनको थियो ।
यो आयोजना सुनकोशी नदीको पानी बागमती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गर्ने अन्तर–बेसिन स्थानान्तरण आयोजना हो । रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्न यो प्रवाह वाग्मती सिँचाइ प्रणालीमा छोडिनेछ ।
परियोजनाको डिजाइन प्रवाह ६७ वर्गमिटररसेकेन्ड छ। सुनकोशी नदीमा १२ मिटर अग्लो डाइभर्सन बाँध रहेको छ। यो प्रवाह १३.३ किलोमिटर लामो सुरुङ मार्फत स्थानान्तरण गरिएको छ। परियोजनामा ३१.०७ मेगावाट बिजुली उत्पादन गर्ने पावर स्टेशन पनि छ। पावरहाउस कमलामाई नगरपालिकामा अवस्थित छ।आयोजना आव २०८५/८६ मा सम्पन्न गर्ने लक्ष्य छ।
