Back To Top

July 6, 2025

चुरे संरक्षण प्रयास प्रभावकारी

Global Ime Bank AD

सिन्धुली ।
चुरे क्षेत्रकोे भूक्षय तथा नदी कटान नियन्त्रणका लागि चुरे उत्थानशील आयोजनाका प्रयासहरु प्रभावकारी बनेको पाइएको छ ।

सिन्धुलीमा कमला नदी जलाधार क्षेत्र संरक्षण प्रयास जारी छ । चुरे उत्थानशील आयोजना जङ्गल, जमिन र जल संरक्षणका लागि दुधौली, कमलामाई र तीनपाटनमा विगत पाँच वर्षदेखि सञ्चालित छ ।

संभावित प्रकोप तथा क्षति रोक्न चुरे क्षेत्रका विभिन्न खोल्सा र झोरामा बाँसको छेकाबार, तारजालीको बाँध बाँध, संरक्षण पोखरी, झाडी सरसफाइ गरी बिरुवा संरक्षणलगायतका काम जारी छ ।
कमलामाई नगरपालिका–८ का अध्यक्ष कोमलकुमार श्रेष्ठका अनुसार कमला नदीको सहायक जलाधार क्षेत्र खहरेको कटानबाट असुरक्षित बस्ती संरक्षण, बाढी नियन्त्रणका लागि छेकाबाँध, सुक्खा पोखरी निर्माणलगायतका काम भएका छन् ।
त्यसले कमलो भूवनोट रहेको चुरे जङ्गलको ढुङ्गा, माटो, गिट्टी र बालुवा बचाउन सहयोग पुगेको उनको अनुभव छ ।

उक्त आयोजना संयुक्त राष्ट्रसङ्घको आर्थिक (ग्रिन क्लाइमेट फन्ड) सहयोगमा कोशी, मधेश र बागमती प्रदेशमा सञ्चालित छ ।

 

Global Ime Bank
Prev Post

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण कार्ययोजनाको मस्यौदा तयार

Next Post

सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने

post-bars

Leave a Comment