Back To Top

October 5, 2025

सप्तकोशीमा पानीको बहाव हालसम्मकै उच्च

Global Ime Bank AD
Insourance

सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ ।

सुरक्षा निकायले त्यस क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार बिहान ९ बजे नदीमा पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्यूसेक मापन भएपछि ब्यारेजका सबै ढोका खोलिएको हो । भर्खर गरिएको मापन अनुसार यसवेला ब्यारेजमा पानीको बहाव ५ लाख १० हजार ९६० क्यूसेक पुगेको छ ।

पानीको बहाव निरन्तर बढिरहेकोले ब्यारेजको पुलबाट आवतजावत गर्न पनि पूर्ण रूपमा रोक लगाइएको सीडीओ पोखरेलले जानकारी दिए ।

यसको असर स्वरूप, कोशीमा बाढीको सम्भावना रहेको भन्दै भारतको बिहारस्थित सुपौल जिल्लाले समेत शनिबारदेखि नै उच्च सतर्कता अपनाइरहेको छ । सशस्त्र प्रहरी बलको टोलीले नदी किनार आसपासका क्षेत्रमा माइकिङ गरिरहेको छ।

‘कोशी नदीको बहाव खतराको तह पार गरिसकेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनु होला,’ भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराइरहेको छ।

सशस्त्र प्रहरीका जवानहरूले कुनै समस्या वा असहजता भए तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न समेत आग्रह गरिरहेका छन्।

United long banner ad
Prev Post

साढे सात हजारले बढ्यो सुनको भाउ

Next Post

२० जलविद्युत् आयोजनामा क्षति

post-bars

Leave a Comment