Back To Top

October 7, 2024

बाढी प्रभावित क्षेत्रमा साल्टको भ्यान

Global Ime Bank AD
Insourance

काठमाडौ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्व तीन वटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा खाद्यवस्तु बिक्री गर्न परिचालन गरेको जनाएको छ ।

कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट चाडपर्वका बेलामा दिँदै आएका सहुलियत मूल्यका सामान मोबाइल भ्यानमार्फत बाढी प्रभावित क्षेत्रमा गएर बिक्री गरिरहेको जानकारी गराएको हो ।

कर्पेरेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उर्मिला श्रेष्ठले विगतका वर्षहरूमा ज्येष्ठ नागरिक मात्रै भएका घर घरमा गएर मोबाइल भ्यानमार्फत सहुलियत मूल्यका सामान उपलब्ध गराएकोमा यस पटक भने प्राकृति विपति परेका ठाउँका नागरिकलक्षित मोबाइल भ्यान परिचालन गरेको बताइन् ।

बाढी प्रभावित क्षेत्रका जनता पसलसम्म आउन सक्ने अवस्था नरहेकाले केहि सुविधाका लागि यस्तो सामान विक्री सुरु गरिएको हो । उनका अनुसार काठमाडौँ उपत्यकामा बल्खु, कलङ्की, नक्खु, पाटन, कुपण्डोल, थापाथली, कपन, कोटेश्वर, कौशलटार र भक्तपुरका विभिन्न ठाउँमा पुगेर माइकिङ गर्दै सहुलियत मूल्यमा विक्री गरिँदै आएको छ ।

कर्पोरेसनले नुन प्रतिकेजी दुई रुपियाँ छुट गरेर २४ रुपियाँमा बिक्री गरिरहेको छ । चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट गरी प्रतिदुई केजीको प्याकेटमा २0५ रुपियाँमा बिक्री गरेको छ । यस्तै दाल, गेडागुडी, चिउरा, मैदा, आटा, चामलमा प्रतिकेजी सात रुपियाँ छुट गरेको छ भने तेलमा प्रतिलिटर सात रुपियाँ छुटमा बिक्री गर्दै आएको छ ।

United long banner ad
Prev Post

उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

Next Post

बाढीपहिरोको क्षतिबारे प्रदेशका मन्त्रीसँग छलफल

post-bars

Leave a Comment