एफसी चितवनका अध्यक्ष ढकाल रास्वपाको समानुपातिकमा
काठमाडौँ — फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन् ।
सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।
युवा समाजसेवी सचिन बालेन्द्र शाहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।
पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमासमेत सक्रीय उनको व्यवस्थापन इला कम्फर्ट होटलहरू सञ्चालनमा छन् ।