नौबिसे मुग्लिन सडक सूचारु, तुइनखोलामा अझै समय लाग्ने

काठमाडौ
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।
गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
