Back To Top

August 25, 2025

रेमिट्यान्स १७ खर्ब २३ अर्ब, विद्यार्थीसँगै बाहिरियो १३८ अर्ब

Global Ime Bank AD

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको हो ।

त्यस्तै, गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि ५ लाख ५ हजार ९ सय ५७ जनाले अन्तिम श्रम स्वीकृति र ३ लाख ३३ हजार ३ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ६० हजार १ सय २ जनाले अन्तिम र २ लाख ८१ हजार १ सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

विद्यार्थीसँगै बाहिरियो १३७ अर्ब

देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१\८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ ।

अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैङ्कका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । आव २०८१\८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७।७ प्रतिशतलृ वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

 

Global Ime Bank
Prev Post

श्रमिक नेपाल फर्किदा विमानस्थलमा रातो कार्पेट राखियोसः कुलमान

Next Post

वीरगञ्जमा हैजा समुदायस्तरमा, स्वास्थकर्मीमाथि कडाइ

post-bars

Leave a Comment