Back To Top

April 10, 2025

सरकारको राजश्व भन्दा धेरै आउँछ रेमिट्यान्स

Global Ime Bank AD
Insourance

काठमाडौं
नेपाल भित्रने रेमिट्यान्स मुलकभर संकलन हुने राजश्व तथा अन्य आयको हिस्साभन्दा धेरै देखिएको छ । नेपाल राष्ट्रबैंकले विहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आठ महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ९।४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

तर समग्र राज्य संरचना परिचालन तथा विकास परिचालनका लागि सरकारले देशभित्र उठाउने र विदेशबाट पाउने रकम समेत यो भन्दा निकै कम छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ३८ अर्व रुपैयाँ प्राप्त गरेको छ। र यो रकम करमात्र नभएर विदेशी अनुदानसमेत हो । समिक्षा अवधिमा सरकारले ७ खब २० अर्ब रुपैयाँ कर राजश्व, ९ अर्व अनुदान र ९ अर्ब अन्य आय प्राप्त भएको देखिन्छ । राजश्व तर्पm कर राजश्व को हिस्सा ६ खर्ब ३८ अर्ब मात्रै छ । ८१ अर्ब रुपैयाँ गैर कर राजश्व संकलन भएको देखिन्छ ।

यस अनुसार फागुन मसान्त सम्म सरकारले प्राप्त गरेको रेमिट्यान्स कुल राजश्व भन्दा ३ खर्ब १३ अर्ब रुपैयाँले बढी हो । मुलुक भित्र आर्थिक सिथिलता र रोजगारीको अभावका कारण युवा विदेश पलायन हुने क्रम बढेसँगै मुलुकको अर्थतन्त्रमा राजश्वको हिस्सा कमजोर र रेमिट्यान्सको हिस्सा बलियो बन्दै गएको हो ।

 

United long banner ad
Prev Post

उत्पादन र उत्पादकत्व बढाउनु अपरिहार्यः अध्यक्ष अग्रवाल

Next Post

भुक्तानी नपाएका निर्माण व्यवसायीलाई राष्ट्रबैंको सहुलियत

post-bars

Leave a Comment