Back To Top

November 18, 2024

रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो

Global Ime Bank AD
Insourance

काठमाडौँ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको जनाएकेा छ । कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ ।

कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ तथा वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ। कुल १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपियाँ छ ।

नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत बर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस बर्ष भने सुधार आएको छ । गत बर्ष कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० घटेर २.९७ रुपियाँमा झरेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सुधार भएर १९.९५ पुगेकेा  छ ।

यद्यपिअहिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नेसम्वन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपालधितोपत्र बोर्डबाट ‘क्लिन चिट’ पाइसकेको छ । तीन दशकदेखि निरन्तर संचालमा रहेको कम्पनीमा साढे चार हजारलाइ प्रत्यक्ष रोजगारी दिएको छ।

पटक पटक सीआईपी अवार्ड बाट समेत सम्मानित हुँदै आएको रिलायन्सले थप नयाँ उद्योग राख्ने थालको छ भने आवश्यक लगानी स्वदेशमै जुटाउन बुक बिल्डिङ प्रकृताबाट आईपीओ निश्कासनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएकेा छ।

United long banner ad
Prev Post

कति छन् चलनचल्तीमा नेपाली नोट?

Next Post

बाह्य बजारमा प्रतिस्पर्धी बन्न अध्यक्ष ढकालको आग्रह

post-bars

Leave a Comment