Back To Top

September 15, 2025

खनालले मन्त्री बने वापत कुनै सरकारी सुविधा नलिने

Global Ime Bank AD
Insourance

काठमाडौ ।

अर्थमन्त्री बन्ने निधो भएका पूर्व अर्थसचिव रामेश्वर खनालले मन्त्री बने वापत तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।

मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको छन्। अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो। तर खनालले त्यो पनि नमानेको स्रोतले जानकारी दिएको छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए।  अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।

उनले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूले गरेको करछलिका विषयमा मत‍भेद भएपछि अर्थसचिवबाट राजीनामा दिएका थिए।

उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव  आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

 

United long banner ad
Prev Post

मन्त्री परिषदमा आउने भए कुलमान

Next Post

युवाआन्दोलनले ल्याएको परिवर्तनलाई एनसेलको स्वागत

post-bars

Leave a Comment