बालेनका दाइने हात राजुनाथ पाण्डे निलम्बित

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले अनलाइनखबरलाई जानकारी दिए ।
बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था अनुसार उनलाई निलम्बन गरिएको बताइएको छ ।
