Back To Top

Air
June 11, 2025

आधाभन्दा बढी गाडी प्रदूषण मापदण्डविपरीत

Global Ime Bank AD
Insourance

काठमाडौँ।

काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।

काठमाडौँ महानगरपालिकाले गत वर्षको पुस २८ गतेदेखि सुरु गरेको सवारीसाधनको प्रदूषण परीक्षणमा अहिलेसम्म दुई हजार पाँच सय सवारीसाधनमध्ये ५१.४६ प्रतिशत प्रदूषण मापदण्डविपरीत सञ्चालन भएको पाइएको महानगरले जनाएको हो । महानगरले सङ्घीय सरकारको वातावरण विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरी प्रदूषण जाँच गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार प्रदूषण परीक्षणका क्रममा डिजेलबाट चल्ने ६२.८८ प्रतिशत र पेट्रोलबाट चल्ने १५ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ र प्रदूषण नियन्त्रण मापदण्ड–२०८१ का आधारमा सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गर्दै आएको छ ।

प्रदूषण जाँच्ने मेसिन प्रयोगविहीन 

एकतिर सडकमा गुड्ने आधाभन्दा बढी सवारीसाधन मापदण्डविपरीत धुवाँ फाल्दै गुडिरहेका छन् भने सवारीसाधनको अवस्था तथा प्रदूषण जाँचका लागि खरिद गरिएको ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन करिब डेढ दशकदेखि प्रयोगविहीन छ ।

आवश्यक कार्यविधि तथा प्राविधिक परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन करिब डेढ दशकदेखि प्रयोगविहीन बनेको जनाइएको छ ।  सवारीसाधनको अवस्था परीक्षण गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सवारी परीक्षण कार्यालय टेकुले २०६८ सालमा दुई वटा मेसिन चीनबाट खरिद गरेको थियो ।

सवारीसाधन परीक्षण गर्ने सो मेसिन मुलुकभरमै टेकुमा मात्रै छ ।  कार्यविधि  र ऐन नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन प्रयोगविहीन बनेको जनाइएको छ ।

United long banner ad
Prev Post

प्रदेश सरकारको खर्च एक खर्ब ६१ अर्ब

Next Post

टाँगिया बस्तीमा बिजुली बाल्दा युद्ध जिते जस्तो: घिसिङ

post-bars

Leave a Comment