Back To Top

July 22, 2025

उत्पादन र निर्यातमा लाग्न प्रधानमन्त्रीको आग्रह

Global Ime Bank AD

काठमाडौ।

प्रधानमन्त्रीको  केपी शर्मा ओलीले स्वदेशमै उत्पादन प्रवर्दनमा लाग्न उद्यमी व्यवसायीलाई आग्रह गरेको छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच मंगलबार भएको छलफलमा ओलीले यस्तो धारणा राखेका हुन् । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए ।
सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । सरकारले कानुनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको उनले उल्लेख गरे । भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य वस्तुहरु नेपाली होस् भन्ने आफ्नो चाहना रहेको ओलीले बताए । स्वदेशी वस्तु उत्पादन र प्रयोगले मात्रै आयात प्रतिस्थापन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले सरकारसँगको सहकार्यमा आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको बताए । उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताए । यसका लागि सरकारले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्ने विश्वास उनले व्यवस्थ गरे ।

Global Ime Bank
Prev Post

लिमी बासीलाई लखेट्दै छ हिमपहिरो

Next Post

नागरिकलगानी कोष र सिद्धार्थ बैंकबीच सम्झौता

post-bars

Leave a Comment