Back To Top

September 15, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Global Ime Bank

काठमाडौं ।

पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ ।  निगमले भारतीय आयल कर्पोरेसनले मुल्य घटाएर पठाए अनुसार नेपालमा पनि मूल्य घटाएको निगमले जनाएको छ ।

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

Prev Post

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

Next Post

नेपालको बिजुली लैजान बंगलादेश सक्रिय

post-bars

Leave a Comment