Back To Top

September 28, 2024

पाथीभरा केबलकार ताप्लेजुङ विकासको कोसेढुङ्गाः ढकाल

Global Ime Bank

काठमाडौ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन ।

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुर्याउने बताए ।

उनले सो आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे ।उहाँले पाथीभरा केवलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको जानकारी गराए ।

संघर्ष समितिले ८० प्रतिशत रोजगारी स्थानीयलाई ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए । ढकालले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले गर्न खोजेको परियोजनामा लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए ।

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे । ढकालले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको धारणा राखे ।स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको उनको भनाइ थियो ।

ढकालले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए । उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको जानकारी गराउँदै निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी गरिएको बताए ।

ढकालले पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको उनले बताए ।पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भएकाले पाथीभरा केबलकार बनाउन शुरुवात गरेको ढकालले बताए ।

Prev Post

 काठमाडौंको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध

Next Post

माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द

post-bars

Leave a Comment